logo

बुधबार सेयर बजारमा ९.३७ अंकको सुधार, कारोबार घट्यो 

    1232   पटक पढिएको

७ असोज/अर्थ र व्यापार– बुधबार नेप्से परिसूचक समग्रमा ९.३७ अंकले बढेर १५५५.५२ विन्दुमा पुगेको छ । सूचक १५४३.३७ विन्दुबाट सुरु भएको सेयर बजार एक घण्टामा १५३५.६४ विन्दुसम्म ओर्लिएको थियो ।

बुधबार कारोबार भएका १२ उपसमूहका सूचकमध्ये होटलबाहेक सबै समूह सकारात्मक रहँदा सेयर बजार बढ्न पुगेको हो ।

जलविद्युतको सेयरबाट नाफा कमाएका लगानीकर्ता पुनः सोही कम्पनीहरुको सेयर खरीद गरेका छन् । उपसमूहगत रुपमा बुधबार सबैभन्दा बढी (२.८ प्रतिशत) ले यही समूहकै सूचक बढेको छ भने सेयर मूल्य बढ्नेको अग्रपंक्तिमा पनि जलविद्युत कम्पनीहरु नै रहेका छन् । 

बुधवार पाँच जलविद्युत कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ भने बाँकीको सोभन्दा कमले बृद्धि भएको हो । 

बुधवार बजार सूचक बढे पनि कारोबार रकम भने मंगलबारको भन्दा घटेको छ । १९४ कम्पनीको ५८ लाख ६२ हजार ६१७ कित्ता सेयर किनबेचमा बुधबार एक अर्ब ७२ करोड ७८ लाखबराबरको सेयर कारोबार भयो । मंगलबार यो रकम करिब दुई अर्ब ८१ करोड २८ लाख रुपैयाँ थियो ।

बुधवार शिखर इन्स्योरेन्सले सर्वाधिक रकमको कारोबार गरेको छ । शिखर इन्स्योरेन्सको करिब १० करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

दोस्रोमा नेपाल बैंक रहेको छ, जसको ९ करोड ५९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।