logo

नेपाल धितोपत्र बोर्डद्वारा ८ वटा ब्रोकर कम्पनीलाई शाखा बिस्तारका लागी अनुमति प्रदान

    1575   पटक पढिएको

२२ माघ/ अर्थ र व्यापार - नेपाल धितोपत्र बोर्डले उपत्यका बाहिर शाखा कार्यालय स्थापनाका लागि आवेदन दिएकामध्ये ८ वटा ब्रोकर कम्पनीलाई अनुमति दिएको छ । बोर्डले २०७५ असारभन्दा अगाडि शाखा कार्यालय खोल्न निवेदन दिएका ब्रोकरहरुलाई शाखा विस्तारको अनुमति दिएको हो ।
बोर्डले सम्वन्धित धितोपत्र दलाल व्यवसायीको केन्द्रीय कार्यालयमा आवद्ध भई नेप्सेको प्रणालीमार्फत हुने व्यवस्था गर्ने गरी ती दलाल व्यवसायीलाई शाखा कार्यालय स्थापना गर्न आवश्यक पूर्वाधार तयार गर्न सूचित गरेको जनाएको छ ।

बोर्डका अनुसार यसअघि शाखा नपुगेका तथा आर्थिक रुपमा सक्रियताको आधारमा सम्भाव्य जिल्लाहरु महेन्द्रनगर (कञ्चनपुर), बिरेन्द्रनगर (सुर्खेत), घोराही, तुलसीपुर (दाङ), भैरहवा (रुपन्देही) र जनकपुर (धनुषा) मा शाखावाट हुने गरि कार्यालय खोल्ने गरि आवश्यक पूर्वाधार तयार पार्ने निर्देशन दिएको हो ।

हाल काठमाण्डौं उपत्यका वाहिर ब्रोकरहरुले १३ जिल्लाको ४१ स्थानवाट शाखा कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आएका छन् । चालु आर्थिक बर्षको आषाढ मसान्त पश्चात हालसाल शाखा कार्यालय खोल्नको लागि निवेदन दिएका ब्रोकर कार्यालयहरुको लागि भने हाल संसोधनको प्रकृयामा रहेको धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार निर्माता) नियमावली, २०६४ तयार नहुन्जेलको लागि रोक्ने भएको छ । उक्त नियममा हुने व्यवस्थाका आधारमा बाँकीलाई अनुमति प्रदान गर्ने बोर्डले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।