logo

सोमबार शेयर बजार २६ अंकले घट्यो

    1811   पटक पढिएको

१७ जेठ / अर्थ र व्यापार- शेयर बजार हप्ताको पहिलो दिन देखिनै लगातार घटेका थियो तर बुधबार भने बढेको छ । नेप्से परिसूचक १३.६८ अंकको बढोत्तरीसँगै १६०८.११ अंकमा उक्लिएको हो। क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.६३ अंकले बढर ३४१.२७ अंकमा उक्लिएको छ ।

मधेस केन्द्रित दल दोस्रो चरणको निर्वाचनमा आउने संभावना र पूँजी बजार प्रति उदार मानिने नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित भएसँगै लगानीकर्ताको मनोबल बढेर बजार उकालो लागेको हो । 

आज कारोबारको सुरु देखिनै ओरालो लागेको बजार एक बजे पछि बढ्न थालेको थियो। दुई घण्टामा १३ अंकले घटेको बजार लगभग त्यति नै अंकले उकाले बढेर बन्द भएको हो। यसरी बुधबार २६ अंक बढिले बजार रिकभर भएको छ । 

हप्ताको चौथो दिन १४४ कम्पनीका १० लाख ७४ हजार कित्ता शेयर ६७ करोड ९३ लाख रुपैयाँमा खरिद बिक्रि भएका छन्। सबैभन्दा बढी स्टाडर्ड चार्टर्ड बैंकको पाँच करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भयो। कारोबार रकमकै आधारमा बैंक अफ काठमाडौँ दोस्रो भएको छ। बैंकको दुई करोड ८७ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको हो।

आज आठ समुहको कारोबार भएकोमा एक समुहमा गिरावट आएको छ भने सात उपसूचक बढेका छन्। बैंकिङ ९.४१, होटल १९.९८, विकास बैंक २०.९, जलबिद्युत १८.०७, फाईनान्स १.३२, बीमा १२१.४१ र अन्यमा ८.३९ अंकको बढोत्तरी भएको छ। उत्पादन मुलक उपसूचक भने ४.६१ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै ग्रीन डेभलपमेन्ट बँैकका शेयरधनीले १० प्रतिशत कमाएका छन् भने सबैभन्दा कम बोटलर्स नेपाल तराईका सेयरधनीले करिब पाँच प्रतिशत गुमाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।