१७ असार/अर्थ र व्यापार– मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथामिक सेयर (आईपीओ) विहिबारदेखि सर्वसाधारणका लागि विक्री खुला भएको छ ।
कम्पनीले रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन सकिने छ । संस्थापक तर्फ ६७.८९ प्रतिशत चुक्तापूँजी कायम रहेको कम्पनीले सर्वसाधारणमा ३२.११ प्रतिशत आईपीओ विक्री खुला गरेको हो ।
कुल कित्तामध्ये ०.५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि जारी गरेको हो ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि माइनस् रेटिङ्ग प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू.८ करोड २२ लाख ५० हजार रहेको छ । आईपीओ विक्री पश्चात कम्पनीको चुक्तापूँजी रू. १२ करोड ११ लाख ५० हजार कायम हुनेछ ।
गत आर्थिक वर्ष ०७६÷ ७७ सम्ममा रू. २ करोड ९६ लाख ७६ हजार खुद नाफा गरेको कम्पनीको प्रतिशेयर आम्दानी रू. ६.८५ र प्रतिशेयर नेटवर्थ रू. ११०.८४ रहेको छ ।
तपाईको प्रतिक्रिया