२६ कात्तिक/अर्थ र व्यापार– लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ८.१३ प्रतिशत बोनस शेयर वापतको ८ लाख ५८ हजार कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज नेप्से(नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको शेयर बिहीबारदेखि कारोबार योग्य हुनेछ । तर सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपश्चात मात्रै कारोबार गर्न सक्नेछन् ।
कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को लागि यो बोनस शेयर वितरणको प्रस्ताव गत असार २४ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।
कम्पनीका उक्त सभाले बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ४१ प्रतिशत नगद लाभांशसमेत पारित गरेको थियो ।
तपाईको प्रतिक्रिया