logo

एलआईसीको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

    839   पटक पढिएको

१९ फागुन /अर्थ र व्यापार  - लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले आर्थिक वर्ष २०७३र७४ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १२ बोनस शेयर सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले लाभांश वितरण र १६ औं वार्षिक साधारण सभाका लागि कम्पनीले फागुन २१ गते मंगलबारदेखि चैत ४ गतेसम्म शेयरधनी दर्ता किताब बन्द निर्णय गरेको छ । सोमबार शिवरात्रीको सार्वजनिक विदा परेकाले फागुन २१ गते आइतबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन् । 

कम्पनीको शेयर फागुन १५ गते बुधबार प्रतिकित्ता एक हजार ६०४ रुपैयाँमा कारोबार भएको छ । एलआईसीले चैत ४ गते राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ८ बजे आर्थिक वर्ष २०७३र७४ को साधारण सभा डाकेको छ । सभाले बोनसमा लाग्ने कर प्रयोजन सहित १२.६३ प्रतिशत लाभांशका अतिरिक्त प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक निर्धारण र अनुमोदन गर्ने, र आर्थिक वर्ष २०७४र७५ का लागि लेखापरिक्षक नियुक्त र पारिश्रमिक निर्धारण तथा नियामक निकायको निर्देन बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव छलफल गरि पारित गर्नेछ ।

यस्तै सभाले संस्थापक शेयरधनीको तर्फबाट नियुक्त भएका सञ्चालकलाई अनुमोदन समेत गर्नेछ । हाल एक अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ चुक्ता पुँजी रहेको एलआईसीको बोनस पूँजीकरणपछि एक अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० रुपैयाँ पुग्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।