logo

लगानीकर्तालाई नेप्से हाताभित्र अनशन बस्न प्रहरीद्वारा रोक

    1215   पटक पढिएको

१२ चैत्र/ अर्थ र व्यापार - शेयर लगानीकर्ता दबाब समूहका लगानीकर्तालाई नेप्से हाताभित्र अनशन गर्न प्रहरीले रोक लगाएको छ । सोमबार नेप्से परिसरमा कालो बेलुन उडाएर अनिश्चितकालिन रिले अनशन सुरु गरेका उनिहरुलाई मंगलबार प्रहरीले बाटोमै रोकेका हुन् ।

नेप्सेको कार्यालयमा प्रवेश गर्न प्रहरी हस्तक्षेप पश्चात दबाब समूहका लगानीकर्ताहरुले बाटोमै अनशनको तयारी थालेका छन् । पूँजी बजार सुधार र विस्तारका लागि आफुहरुले राखेको ३२ बुँदे माग सुनुवाई नभएको भन्दै उनीहरुले चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत अनशन सुरु गरेको बताएका छन् ।

उता धितोपत्र बोर्डले भने मुद्रा तथा पूँजीबजार कार्यदलले दिएको सुझावमा समेटिएको ५८ बुँदामध्ये आफ्नो क्षेत्राधिकारको २८ बुँदामा समेटिएका तत्काल गर्नुपर्ने कामहरु अकिांश सम्पन्न भैसकेको र अन्य पनि प्रकृयामा रहेको जनाएको छ । लगानीकर्ताले उठाएका सरोकारका अन्य विषयमा पनि बोर्डले आफ्नो क्षेत्रधिकारभन्दा बाहिरका विषयहरुमा नेपाल सरकार र अन्य निकायसँग समन्वय गर्न बोर्ड तत्पर रहेको जनाएको थियो । यता लगानीकर्ता दबाब समूहले भने धेरै बुँदा कार्यान्वयन नभएको तथा आफ्नो समूहले उठान गरेका ३२ बुँदे मागको कार्यान्वयनमा नियामक निकाय गैह्र जिम्मेवार बनेकाले आन्दोलन गर्नु परेको समूहले जनाएको छ ।

चैत १० गते धितोपत्र बोर्डको कार्यालयमा ३ घण्टा तालाबन्दी गरेको दबाब समूहले दोस्रो चरणमा निर्णायक आन्दोलन गर्ने भन्दै रिले अनशन सुरु गरेका हुन् । प्रहरीले तीन घण्टा  पश्चात बल प्रयोग गरेर ताला फोडेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।