माघ १६ / अर्थ र व्यापार - साताको अन्तिम दिन नेप्सेमा उल्लेख्य बृद्धि भएको छ । हिजो स्थीर जस्तै रहेको नेप्से आज भने हरियाली हुँदै बजार बन्द भएको हो । बिहिवार नेप्से १९ दशलव ५१ अंकले बढेको छ ।आज ट्रेडिङ समूहको उपसूचक बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जिवन बीमाको उपसूचक ३ दशमलव ९६ प्रतिशतले बढेका छन् ।
आज दिनभरिमा १ सय ७८ कम्पनीको ४६ लाख २ हजार १ सय १ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९६ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।सबैभन्दा धेरै सूर्या लाइफको ११ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, प्राइम लाइफको ७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको भएको छ ।
एभरेष्ट इन्स्योरेन्सको लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । हिमालयन उर्जा विकासका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।
तपाईको प्रतिक्रिया