२ माघ/अर्थ र व्यापार– नेपालको सेयर बजार इतिहासमै सबैभन्दा ठूलो परिमाणको साधारण सेयरका रुपमा इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सेयर आजदेखीे खुलेको छ ।
बैंकले ८ अर्ब रपैयाँ बराबरको ८ करोड कित्ता धितोपत्र प्रारम्भिक निष्कासनको बिक्री आजबाट थालेको हो ।
८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । भने बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण शेयर भने सर्वसाधारणले खरिद गर्न सक्ने भएका छन् ।
बैंकको शेयर निष्कासन तथा बिक्री प्रवन्धको जिम्मा एनआईबीएल एस क्यापिटल्सले पाएको छ ।
सर्वसाधारणले १० देखि २ करोड कित्तासम्म आवदेन गर्न सक्ने भएका छन् । आवेदन दिन मिल्ने समय छिटोमा ६ माघ तोकिएको छ । उक्त अवधिसम्म तोकिए बराबरको आवेदन नपरेमा भने पुनः समय थप हुन्छ ।
तपाईको प्रतिक्रिया