logo

हिमालयन ड्रिस्ट्रिलरीको ८ दिनमा ६५ करोडको शेयर किनबेच

    1375   पटक पढिएको

७ माघ / अर्थ र व्यापार - हिमालयन ड्रिस्ट्रिलरीको पछिल्लो ८ कारोबार दिनमा ६४ करोड ७० लाख ६० हजार ९१७ रुपैयाँको शेयर कारोबार भइसकेको छ। 

स्रोतका अनुसार, कम्पनीका संस्थापक शेयरधनीहरुले अहिले धमाधम शेयर बिक्री गरेका हुन्। ८ कारोबार दिनमा २५ सय ५२ पटक शेयर किनबेच भएको छ। 

५ लाख ८ हजार ३३२ कित्ता शेयर किनबेच भएको हो। सबैभन्दा महँगो १३४० रुपैयाँसम्ममा किनबेच भएको छ। बीचमा घटेर १२ सय १३ रुपैयाँसम्म पनि किनबेच भएको छ। अहिले कम्पनीको शेयर मूल्य १२७४ रुपैयाँ कायम भएको छ।

कम्पनीले गत बर्षको नाफाबाट १०२.६३ प्रतिशत लाभांस दिएको छ। ५० प्रतिशत बोनस शेयर र बाँकी ५२.६३ प्रतशित नगद लाभांस दिएको हो। कम्पनीको शेयर पूँजी ३८ करोडढ ५६ लाख रुपैयाँ छ। यसबाहेक जगेडा कोषमा ७० करोड २५ लाख रुपैयाँ छ। कम्पनीले असोजमा ९ करोड ५५ लाख नाफा गरेको थियो। गत बर्षको नाफा साढे ५१ करोड रुपैयाँ थियो।

कम्पनीले निरन्तर शेयर बेच्न थालेपछि केही ठूला लगानीकर्ताले उठाउन सुरु गरेका छन्। पछिल्लो कारोबार प्रबृत्ति अनुसार शिवम् सिमेन्ट बेचेर हिमालयन ड्रिस्ट्रिलरी किन्नेहरु बढेका छन्। 

रुस्लान भोड्का, गोल्डेन ओकजस्ता सर्वा्धिक बिक्री हुने मदिरा बिक्री गर्दै आएको कम्पनी निरन्तर नाफामा रहेको र शेयरधनीलाई दिने प्रतिफल पनि १०० प्रतिशतमाथि रहेकाले ठूला लगानीकर्ता यतातिर आकर्षित भएका हुन्। जनवरी १ तारिखदेखि कम्पनीको शेयर कारोबार १५ कारोबार दिन भएको छ। यसबीचमा ७३ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भएको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।