logo

शेयर बजारमा हरियाली, १८ कम्पनीको शेयर मूल्यमा सर्किट, तीन समूहमा उच्च वृद्धि

    1010   पटक पढिएको

२७ पुष / अर्थ र व्यापार - आइतबारको शेयर बजार दोहोरो अंकले उकालो लागेको छ । कारोबार शुरु भएको करिब दुई घण्टाको अवधिमै नेप्से परिसूचक ३५ अंकले उकालो लागेको छ । जुन अघिल्लो दिनको तुलनामा २.९३ प्रतिशतले बढेर १२४८.६७ अंकमा पुगेको हो ।

कारोबार खुलेको केही घण्टामै १८ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । जसमध्ये मेरो फाइनान्स वित्तीय संस्था र प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयर मूल्य १०र१० प्रतिशतले बढेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था र घोडा घोडी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९९र९.९९ प्रतिशत कमाएका छन् ।

त्यसैगरी ९ प्रतिशतभन्दा बढी कमाउनेमा सगरमाथा इन्स्योरेन्स कम्पनी, समता माइक्रोफाइनान्स वित्तीय संस्था, एनएलजी इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनलर इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लगायत बाँकी ८ कम्पनी रहेका छन् ।

बजारमा कारोबारमा आएका सबैसमूह हरिया देखिएका छन् । जसमध्ये तीन समूहको सूचक त्रिपल डिजिटले बढेको छ । निर्जीवन बीमा समूह ३६२, जीवन बीमा समूह ३१४ र माइक्रोफाइनान्स समूह १०२ अंकले उकालो लागेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।