१७ आषाढ / अर्थ र व्यापार- गुडविल फाइनान्स लिमिटेडको साढे दुई लाख थान ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार गुडविल फाइनान्स र नेप्से बीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २ लाख ५० हजार थान १२ प्रतिशत ‘गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ सूचीकरण गर्ने सम्झौता भएको हो । सो सम्बन्धि सम्झौतामा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधर र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरे ।
कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल मार्फत सो मात्राको ऋणपत्रको बिक्री आब्हान गरेको थियो । सर्वसाधारणमा वितरण गरिएको २ लाख ५० थान ऋणपत्र वितरण भई नेप्सेमा सूचीकृत भएको हो ।
तपाईको प्रतिक्रिया