२८ माघ / अर्थ र व्यापार - प्रिमियर इन्स्योरेन्स कम्पनीले नागरिक लगानी कोषको संस्थापक सेयर बिक्री गर्ने भएको छ। कम्पनीले प्रति कित्ता न्यूनतम मूल्य १७ सय ५० रुपैयाँ तय गरेको छ।
कम्पनीले यी सेयर सर्वसाधारणलाई भने बिक्री गर्दैन। यो सेयर बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र खरिद गर्न सक्नेगरी प्रिमियरले बोलकबोल आह्वान गरेको छ।
कम्पनीले कुल ५० हजार कित्ता सेयर बिक्री गर्ने छ। यसको कुल मूल्य ८ करोड ७५ लाख रुपैयाँ हुने छ। सेयर खरिदका लागि सात दिनभित्र आवेदन दिइसक्नु पर्ने छ।
न्यूनतम एक सय कित्ताका लागि आवेदन दिन सकिने छ। अधिकतमतर्फ सबै सेयर उठाउन पनि पाइने छ। आवेदन परेको तीन दिनभित्र बाँडफाँड गरिने छ।
तपाईको प्रतिक्रिया