logo

पूर्वराजा ज्ञानेन्द्रको कम्पनीले बढायो सोल्टी होटलमा शेयर स्वामित्व, किन्यो ७४ लाख कित्ता

    1619   पटक पढिएको

२९ मंसिर / अर्थ र व्यापार - पूर्वराजा ज्ञानेन्द्र शाहका परिवारको कम्पनीले सोल्टी होटलमा आफ्नो लगानी बढाएको छ। शाहसहित उनको परिवारको प्रमुख शेयर रहेको सोल्टी इन्टरप्राइजेजले हङकङको होलिडे इन्स इन्भेष्टमेन्ट नेपालको शेयर खरिद गरेको हो। 

इन्टरप्राइजेजले ७३ लाख २६ हजार ७ सय १ कित्ता शेयर ७२ लाख ५० हजार अमेरिकी डलरमा खरिद गरेको हो। बिक्रीपछि प्राप्त रकम हङकङ लैजान होलिडे इन्स इन्भेष्टमेन्ट नेपालले प्रक्रिया अगाडि बढाएको छ। कारोबारको सम्पूर्ण सम्झौता भए पनि दोस्रो बजारमा भने अहिलेसम्म कारोबार भएको छैन।

खरिद-बिक्रीको सम्झौता सम्पन्न भए पनि डिम्याट खातामा शेयर सार्नका लागि दोस्रो बजारमा कारोबार हुनु पर्छ। इन्टरकन्टिनेन्टल होटल ग्रुपको सहायक कम्पनीको रूपमा रहेको होलिडे इन्सले नेपालबाट लगानी फिर्ता लैजान लागेको हो। तर इन्टरकन्टिनेन्टलको व्यवस्थापन भने यथावत हुने छ। यो समुहले विश्वका धेरै होटलमा व्यवस्थापनको काम गर्दै आएको छ। 

होलिडे इन्स इन्भेष्टमेन्टको लगानी नेपालमा मात्रै बाँकी थियो। शेयरमा लगानी गर्ने भन्दा पनि व्यवस्थापकीय सेवामा मात्रै केन्द्रीत हुने भन्दै उसले पछिल्लो समय आफ्नो नाममा रहेको सम्पूर्ण शेयर बिक्री गर्दै आएको छ। सन् १९७५ मा सोल्टीलाई पब्लिक लिमिटेडका रूपमा परिणत गरि आइसीएफसी, एनआइडीसी, नेपाल एयरलाइन्स, ओबेरोय होटल र अन्य केही लगानीकर्तालाई भित्र्याइएको थियो। तर एनआइडीसी र आइसीएफसीले सन् २००१ मा आफ्नो शेयर बिक्री गर्ने भएपछि राज परिवारले हङकङको होलिडे इन्स इन्भेष्टमेन्टलाई भित्र्याएको थियो।

 एनआइडीसीले आफ्नो नामको सबै शेयर सर्वसाधारणहरुलाई बोलकबोल गरेर बिक्री गरेको थियो। जुन अहिले बजारमा कारोबार भइरहेको छ। आइसीएफसीको १४ प्रतिशतमध्ये १० प्रतिशत होलिडे इन्स र बाँकी चार प्रतिशत शेयर सर्वसाधारणले खरिद गरेका थिए। चार प्रतिशत बोलकबोल गर्ने क्रममा सर्वसाधारणको हातमा पुगेको थियो। 

पूर्वराज परिवारले नै भित्र्याएको यो समुहको शेयर अहिले आफैंले खरिद गरेर होल्डिङ बढाएको हो। हाल यस समुहको बजार हिस्सा ३९ प्रतिशत छ। होलिडे इन्सको शेयर खरिद गरेसँगै शेयर हिस्सा ४९ प्रतिशत पुग्ने छ। सुरूवाती अवस्थाको ओबेरोय होटल्सले पनि २०११ मा आफ्नो शेयर बिक्री गरेर बाहिरिएको थियो। उक्त शेयरमार्फत रविभक्त श्रेष्ठको प्रवेश भएको थियो। जतिबेला ओबेरोयको ६.८ प्रतिशत शेयर श्रेष्ठको शिवकिरम ल्याण्ड एण्ड इण्डष्ट्रियल कम्पनीले खरिद गरेको थियो।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।