२९ चैत्र /अर्थ र व्यापार - नेपाल धितोपत्र बोर्डद्वारा एभरेष्ट इन्स्योरेन्सको तीन सय प्रतिशत हकप्रद स्वीकृत भएको छ । बोर्ड सञ्चालक समितिको इन्स्योरेन्सलाई प्रति १ कित्ता बराबर ३ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिने निर्णय गरेको हो ।
सर्वसाधारण र संस्थापकको अनुपात मिलाउन यस अघि १०५ प्रतिशत संस्थापक हकप्रद निष्काशन गरेको एभरेष्टले अब ३०० प्रतिशत हकप्रद बेच्नेछ । योसँगै एभरेष्टको चुक्ता पूँजी बीमा समितिले तोके अनुसार हुनेछ । अहिले २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैंया चुक्ता पूँजी रहेको एभरेष्टले ८२ करोड १९ लाख ४७ हजार ५०० रुपैंयाको हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद बिक्री पश्चात एभरेष्टको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैंया पुग्नेछ ।
एभरेष्टको हकप्रद शेयर निष्काशनको सबै काम सिद्धार्थ क्यापिटलले गरिरहेको छ । सर्वसाधारण र संस्थापकको अनुपात मिलाउन यस अघि १०५ प्रतिशत संस्थापक हकप्रद निष्काशन गरेको एभरेष्टले अब ३०० प्रतिशत हकप्रद बेच्नेछ । योसँगै एभरेष्टको चुक्ता पूँजी बीमा समितिले तोके अनुसार हुनेछ ।
अहिले २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैंया चुक्ता पूँजी रहेको एभरेष्टले ८२ करोड १९ लाख ४७ हजार ५०० रुपैंयाको हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद बिक्री पश्चात एभरेष्टको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैंया पुग्नेछ । एभरेष्टको हकप्रद शेयर निष्काशनको सबै काम सिद्धार्थ क्यापिटलले गरिरहेको छ ।
तपाईको प्रतिक्रिया