१० चैत्र /अर्थ र व्यापार - नेपाल धितोपत्र बोर्डको कार्यालयमा शेयर लगानीकर्ताहरुद्वारा लगाइएको तालाबन्दी प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । सेयर बजार विकास र विस्तारको माग राख्दै बोर्डको मुख्य ढोकामा तालाबन्दी गरेर धर्नामा बसेका सेयर लगानीकर्ता दबाब समूहको टोलीलाई प्रहरीले लाठी चार्ज गरेर तितरबितर पारेको छ ।
प्रहरीले लगानीकर्तालाई लखेटेपछि कार्यालयमा लगाएको तालासमेत खुलाएको छ । लगानीकर्ताले बिहान कार्यालय खुल्नुअघि कार्यालयमा ताला लगाएर धर्नामा बसेका थिए । लगानीकर्ताले ताला लगाएपछि बोर्डका ३ जना कर्मचारी भित्र थुनिएका थिए भने बाँकी ३० भन्दा बढी कर्मचारी बाहिर रोकिएका थिए ।
लगानीकर्ताको आन्दोलनले बोर्डको काम कारबाही प्रभावित भए पछि प्रहरीको मद्दत लिएको बोर्डले बताएको छ ।
तपाईको प्रतिक्रिया