logo

बजारमा नेशनल हाइड्रोको सेयरको माग उच्च, आपूर्ति भने कुमारी बैंकको, १६१ करोडको कारोबार

    1111   पटक पढिएको

२० माघ / अर्थ र व्यापार - सेयर बजारमा एक अर्ब ६१ करोड रुपैयाँको कारोबारसहित सूचक साढे २ अंकले उक्लिएको छ। दिनभरी नै हरियो - नीलो भएको बजार अन्ततस् बढेर बन्द भएको हो।

सूचक १३४९ अंकमा बन्द भएको छ। दिनभरिमा १७७ कम्पनीका सेयर किनबेच भएका छन्। नेको इन्स्योरेन्सको सबैभन्दा बढी साढे ६ करोडको किनबेच भएको छ भने ग्लोबल आइएमइ बैंको पाँच करोड रूपैयाँको भएको छ।

वाणिज्य बैंक समूह ओरालो लाग्दा समग्र बजार घटेको हो। यद्यपी विकास बैंक र निर्जीवन बीमा कम्पनीको सेयर सूचक बढेको छ। 

सोमबार ७७ वटा कम्पनीको सेयर मूल्य घटेको छ। ८३ वटाको बढेको छ। बजारमा नेशनल हाइड्रोपावर कम्पनीको अढाइ लाख कित्ता सेयरको माग भएको थियो।

सबैभन्दा बढि सेयर आपूर्ति भने कुमारी बैंक, प्रभु बैंक र सेञ्चुरी बैंकको भएको थियो। रसुवागढी हाइड्रोपावर कम्पनीका लगानीकर्ता एकदमै सक्रिय देखिएका थिए। 

बजारबाट सोमबार गरिमा विकास बैंक, नेशाल हाइड्रोपावर र छ्याङ्दी हाइड्रोपावरका लगानीकर्ताले सर्वा्धिक कमाएका छन्। कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले बढेको छ। धेरै गुमाउनेमा मल्टीप्रपोज फाइनान्स र युनियन हाइड्रोपावरका लगानीकर्ता छन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।