२६ मंसिर/अर्थ र व्यापार– चिलिमे हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम समयसिमा मंसिर २८ गते आइतवारसम्म रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बुक क्लोज गरेकाले लाभांशका लागि मंसिर २८ गतेसम्म शेयर कायम गर्नुपर्ने हुन्छ ।
आगामी पुस १२ गते हुने साधारण सभाले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले रजिष्टर्ड कार्यालय धुम्रबाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे साधारण सभा आयोजना गरिने कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया