१९ पुस/अर्थ र व्यापार– चन्द्रागिरि हिल्स लिमिटेडले पुस २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ मध्ये ४५ अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५५ अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ ।
बाँकी १३ लाख ९६ हजार २२ कित्तामा प्रतिकित्ता १०० रुपैयाँले सर्वसाधारणले आवेदन दिन सक्नेछन् । चन्द्रागिरीको आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेका छन्।
आइपीओमा लगानीकर्ताले पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । सबै आइपीओ बिक्री नभएमा माघ ९ गतेसम्म बिक्री खुला रहने कम्पनीले जनाएको छ ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाउनेछन् ।
यसअघि चन्द्रागिरीले मंसिर १७ देखि पुस १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आइपीओ बिक्री गरेको थियो ।
तपाईको प्रतिक्रिया