९ माघ/अर्थ र व्यापार– चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयर (आईपीओ) आज शुक्रबार विहान बाँडफाँट भएको छ ।
कम्पनीको साधारण सेयरमा आवेदन दिएका मध्ये १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले सेयर हात पारेको कम्पनीको सेयर बिक्री तथा निष्काशन प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
भाग्यमानी २ जनाले भने ११/११ कित्ता सेयर पाएका छन् । १० कित्ताका दरले बाँडफाँट गरेपछि उभ्रिएको २ कित्ता गोलाप्रथाबाट २ जनालाई दिइएको हो ।
कम्पनीले पुस २४ गतेदेखि सर्वसाधारणको आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्काशन गरेको थियो ।
आईपीओमा आवेदन दिएका मध्ये १२ लाख ११ हजार ११५ जनाकोमात्रै आवेदन स्वीकृत भएको थियो भने ४० हजार भन्दा धेरै आवेदकको आवेदन रद्द भएको थियो ।
कम्पनीको आईपीओमा १२ लाख ५१ हजार १० जना आवेदकबाट २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको थियो ।
तपाईको प्रतिक्रिया