logo

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा १५ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने

    1380   पटक पढिएको

 १७ पुस/ अर्थ र व्यापार - चन्द्रागिरि केवलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स लिमिटेडले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त प्रस्ताव आगामी साधारण सभामा लग्ने भएको छ ।

कम्पनीले आईपिओ निष्काशनको प्रस्ताव राखेर यहि पुस ३० गते नवौं बार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभाको विशेष प्रस्तावमा कम्पनीको प्रवन्धपत्र तथा नियमावलि संसोधन पश्चात जारी पूँजी एक अर्ब ५० करोड रुपैयाँ कायम गर्ने उल्लेख छ ।
कम्पनीले जारी पूँजीको १० प्रतिशत हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ । साथै कम्पनीले साधारणसभा बाट संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन गर्नेछ ।

केबलकार आईएमई ग्रुप लगायत अन्य व्यवसायिक घरनाले सञ्चालनमा ल्याएको हो । चन्द्रागिरि केवलकार २०७३ देखि सञ्चालनमा आएको हो । काठमाडौं र मकवानपुर जिल्ला छुने चन्द्रागिरीको डाँडोमा कम्पनीले केवलकारको अतिरिक्त रिसोर्ट समेत सञ्चालनमा ल्याउदै छ ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।