१६ जेठ / अर्थ र व्यापार- आर्थिक वर्ष २०७८/ ७९ को बजेटले अल्पकालीन र दीर्घकालीन लगानीकर्तालाई छुट्याइदिएको छ । आगामी वर्षको बजेटले अल्पकालीन लगानीकर्तालाई बढी कर र दीर्घकालीन लगानीकर्तालाई कम कर लाग्ने व्यवस्था गरेको छ ।
बजेटले खरिद गरेको एक वर्षभन्दा कम अवधिमा शेयर बिक्री गर्ने लगानीकर्तालाई ७.५ प्रतिशत र एक वर्षभन्दा धेरै अवधिको लागि शेयर होल्ड गरी बिक्री गर्ने लगानीकर्ता वा ईन्भेष्टरलाई यसअघिकै ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेको छ । यो व्यवस्थालाई सेयर वजारका दीर्घकालीन लगानीकर्ताहरुले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएका छन ।
तपाईको प्रतिक्रिया