१३ फागुन /अर्थ र व्यापार - स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको आइतबार बसेको वैठकले धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीको कार्यशैलीबाट पूँजी बजार निरास बनेको निष्कर्श निकालेको छ । अध्यक्ष कार्कीले ब्रोकरहरूको बैठकमा पुरानै शैली अपनाउने र बिषयलाई बिषयान्तर गर्न खोजेको आरोप ब्रोकरहरूको छ ।
एक बिज्ञप्ति जारी गर्दै एशोसियसनले कार्कीको व्यवहार र कार्यशैलीबाट लगानीकर्ता तथा व्यवसायीहरू विश्वस्त हुन नसकेका कारण समग्र धितोपत्र बजार थप धरासयी हुनेप्रति सजग हुन जरूरी भएको उल्लेख गरेको छ । बैठकले बजारलाई यस्तो अवस्थाबाट जोगउदै धितोपत्र बजारको विकास तथा विस्तार तथा सुदृढीकरणका लागि गरिनुपर्ने कामहरूको विवरण मागपत्रको रूपमा बोर्डमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
साथै माग पूरा गराउन विभिन्न संघर्षका कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको छ । धितोपत्र बजारको विकासका लागि ब्रोकरले गरेको संघर्षका कार्यक्रममा साथ दिन समग्र लगानीकर्ता र सरोकारवाला निकायहरूमा अनुरोध गरिएको छ ।
तपाईको प्रतिक्रिया