२५ चैत्र /अर्थ र व्यापार - एशियन लाइफ इन्स्योरेन्स कम्पनीकोे ६० प्रतिशत हकप्रद आजदेखि बिक्री खुला भएको छ । कम्पनीले चुक्ता पूँजी एक अर्ब २५ करोड रुपैयाँको ६० प्रतिशत अर्थात ७५ लाख ४० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
कम्पनीको हकप्रद शेयर फागुन २१ गतेसम्म कायम शेयरधनीहरुले पाउने छन्। कम्पनीले वैशाख २९ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ । हकप्रद आवेदनका लागि आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ ।
हकप्रद शेयर निष्काशनपछि चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई न्युनतम चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएसँगै कम्पनीले हकप्रद र बोनस शेयर मार्फत पूँजी जुटाएको हो ।
तपाईको प्रतिक्रिया