७ माघ / अर्थ र व्यापार - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा बैंकको माघ ७ गते मंगलबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो ।
नेप्सेले बैंकको १५ प्रतिशत बोनस शेयरको मूल्य समायोजन गरी प्रतिकित्ता २०२ रुपैयाँ ६१ पैसा कायम गरेको छ।
बैंकले लाभांश वितरण गर्ने प्रस्ताव सहित माघ १७ गते २२ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे शुरु हुनेछ।
तपाईको प्रतिक्रिया