logo

नप्सेको ४० प्रतिशत लाभांश पारित

    1361   पटक पढिएको

२९ षुस / अर्थ र व्यापार - नेपाल स्टक एक्सचेञ्जको ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। आज (पुस २९ गते) सम्पन्न नेप्सेको २७ औँ वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो।

नेप्सेले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले हुन आउने रकम २० करोड नगद लाभांश वितरण गर्नेछ। उक्त रकम शेयर संरचनाको आधारमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक र पछिल्लो समयमा नेप्सेको शेयर खरिद गरेका कर्मचारी सञ्चय कोष, लक्ष्मी बैंक तथा प्रभु बैंक र अन्यले प्राप्त गर्नेछन्।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पनि पारित गरेको छ। नेप्सेले आर्थिक वर्ष २०७५/७६ मा २८ करोड खुद नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षमा नेप्सेले २६ करोड खुद नाफा आर्जन गरेको थियो।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि रहेको थियो। संशोधनका लागि धितोपत्र बोर्डसँग समन्वय गर्नुपर्ने भएका कारण सो सभामा पारित गर्न नसकिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए।

चालु आर्थिक वर्ष्भित्रै विशेष साधारण सभा आयोजना गरी उक्त प्रबन्धपत्र विनियमावली पारित गर्ने उनको भनाइ छ। यी प्रबन्धपत्र नियमावली संशोधन गर्ने प्रस्ताव पारित नभएका कारण पछिल्लो समय केन्द्रिय बैंकले बिक्री गरेको शेयर खरिद गरेका कम्पनीका प्रतिनिधिहरु सञ्चालक समितिमा जान पाएनन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।