८ असोज/अर्थ र व्यापार – बुधबार सेयर बजारको परिसूचक नेप्से २७.८९ अंकले घटेको छ । सो गिरावटपछि नेप्से २६५४ अंकमा कायम भएको छ ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब २९ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब १२ करोड रूपैयाँको सेयर कारोबार भएको छ । यसदिन सेयर बजारमा दशैं प्रभाव देखिएको छ ।
अब सेयर बेच्नेले दशैंअघि पैसा नपाउने भएकाले सेयर बेच्नेहरू कम मात्र छन् । अर्कोतर्फ चाडपर्वका लागि खर्च जोहो गर्नुपर्ने हुँदा खरिदकर्ता सक्रिय देखिँदैनन् ।
यसदिन ५३ वटा कम्पनीको मूल्य बढ्ेको छ । १ सय ९३ वटाको घट्यो भने ५ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह ०.८५ प्रतिशत बढ्यो । होटल बाहेकका समूह सूचक घटेका छन् । अन्य समूह सबैभन्दा धेरै २.१६ प्रतिशतले घट्यो ।
बैंकिङ ०.७३, विकास बैंक १.१३, हाइड्रोपावर ०.९६, लगानी १.९०, जीवन बीमा ०.५२, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.८४, निर्जीवन बीमा १.५१ तथा व्यापार समूह १.६५ प्रतिशत घटे । तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा माथिल्लो मैलुङखोला जलविद्युत्, सिटी होटल र हिमस्टार ऊर्जा कम्पनी छन् ।
यसैगरी, उन्नति सहकार्य लघुवित्तको ५.३८, राप्ती हाइड्रोको ४.६३, बुटवल पावरको ४, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.९७ प्रतिशत मूल्य घटेको छ । धेरै कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स र शिवम् सिमेन्ट रहेका छन् ।
तपाईको प्रतिक्रिया