logo

आन्दोलनको प्रभाव सेयर बजारमा, नेप्से १६०.३३ अंकले घटेर २५११ विन्दुमा

    216   पटक पढिएको


२ असोज/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार भारी अंकले घटेर पहिरो नै गएको छ । जेनजी पुस्ताले केही दिनअघि गरेको आन्दोलनको प्रभावका कारण गत २३ भदौपछि पहिलोपटक बिहीबार खुलेको सेयर बजार लगातार तेस्रो नेगेटिभ सर्किट लागेर बन्द भयो । यसदिन सेयरबजार परिसूचक नेप्से १ सय ६० दशमलब ३३ अंकले घटेर २५ सय ११ दशमलब ९१ विन्दुमा झरेको छ ।
यस साताको अन्तिम कारोबार दिन बिहीबार कारोबार खुलेको २ मिनेटमै नेगेटिभ सर्किट लागेर बजार २० मिनेटका लागि बन्द भएको थियो ।
त्यसपछि ११ बजेर २ मिनेटमा १ सय ७ दशमलब ०४ अंकले घटेर नेप्से २५ सय ६५ दशमलब २१ अंकमा झरेको थियो । त्यसपछि ११ बजेर २२ मिनेटमा खुलेको बजारमा पनि घट्ने क्रम रोकिएन । सो समय पनि नेप्सेमा एक मिनेटमै दोस्रो नेगेटिभ सर्किट लाग्यो ।
दोस्रो नेगेटिभ सर्किट लागेपछि ४० मिनेटका लागि बन्द भएको नेप्से पुनः १२ बजेर ०३ मिनेटमा खुलेको थियो । तर तेस्रो मिनेटमै तेस्रो नेगेटिभ सर्किट लागेपछि बजार दिनभरका लागि बन्द भएको हो ।
यसदिन बजारमा ६ मिनेटमा ७२ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । २ सय १७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स लगायत डेढ दर्जन कम्पनीमा नेगेटिभ सर्किट लागेको छ । यसदिन ९ वटा कम्पनीको सेयरमूल्य सुचक मात्र हरियो थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।