logo

सेयर बजारमा पहिरो, नेप्से ३५.९९ अंकले घट्यो

    468   पटक पढिएको


२३ भदौ/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा पहिरो गएको छ । अघिल्लो दिनको तुलनामा सेयरबजार परिसूचक नेप्से ३५.९९ अंकले घटेको छ । योे गिरावटसँगै नेप्से २६ सय ७२ विन्दुमा झरेको छ ।
सोमबार बजार खुलेदेखि नै अन्तिमसम्म सबै सूचक रातो बन्यो । यसदिन संघिय राजधानी काठमाडौंमा जेनजीको विरोध प्रदर्शन र प्रहरीको दमनले उग्र रुप लिएपछि सोआन्दोलनको प्रभाव सेयर बजारमा पनि परेको लगानीकर्ताको अनुमान छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको भन्दा केही बढेको छ । अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा यसदिन ५ अर्ब २३ करोडको कारोबार भएको छ । २२ कम्पनीको मूल्य बढ्दा २ सय २९ वटाको घटेको छ ।
सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.१२, विकास बैंक १.३८, फाइनान्स ०.९२, होटल तथा पर्यटन १.३३, हाइड्रोपावर १.३८, लगानी १.३७, जीवन बीमा ०.८८, उत्पादन तथा प्रशोधन १.२३, माइक्रोफाइनान्स १.१३, निर्जीवन बीमा १.२६, अन्य १.३८ र व्यापार ३.३१ प्रतिशतले घटेको छ ।
बाराही हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ५.२८ प्रतिशतले घटेको छ । यसदिन धेरै कारोबार भएका पाँच कम्पनीहरूमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, युनिभर्सल पावर, हिमालयन रिइन्स्योरेन्स र युनाइटेड मोदी हाइड्रोपावर रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।