logo

सेयर बजारमा पहिरो, नेप्से ३५.९९ अंकले घट्यो

    181   पटक पढिएको


२३ भदौ/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा पहिरो गएको छ । अघिल्लो दिनको तुलनामा सेयरबजार परिसूचक नेप्से ३५.९९ अंकले घटेको छ । योे गिरावटसँगै नेप्से २६ सय ७२ विन्दुमा झरेको छ ।
सोमबार बजार खुलेदेखि नै अन्तिमसम्म सबै सूचक रातो बन्यो । यसदिन संघिय राजधानी काठमाडौंमा जेनजीको विरोध प्रदर्शन र प्रहरीको दमनले उग्र रुप लिएपछि सोआन्दोलनको प्रभाव सेयर बजारमा पनि परेको लगानीकर्ताको अनुमान छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको भन्दा केही बढेको छ । अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा यसदिन ५ अर्ब २३ करोडको कारोबार भएको छ । २२ कम्पनीको मूल्य बढ्दा २ सय २९ वटाको घटेको छ ।
सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.१२, विकास बैंक १.३८, फाइनान्स ०.९२, होटल तथा पर्यटन १.३३, हाइड्रोपावर १.३८, लगानी १.३७, जीवन बीमा ०.८८, उत्पादन तथा प्रशोधन १.२३, माइक्रोफाइनान्स १.१३, निर्जीवन बीमा १.२६, अन्य १.३८ र व्यापार ३.३१ प्रतिशतले घटेको छ ।
बाराही हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ५.२८ प्रतिशतले घटेको छ । यसदिन धेरै कारोबार भएका पाँच कम्पनीहरूमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, युनिभर्सल पावर, हिमालयन रिइन्स्योरेन्स र युनाइटेड मोदी हाइड्रोपावर रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।