logo

सेयर बजारमा पहिरो, नेप्से ३८.१० अंकले घट्यो

    292   पटक पढिएको


१२ भदौ/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा पहिरो गएको छ । यसदिन सेयर बजार परिसूचक नेप्से ३८.१० अंकले घटेर २७ सय ८१ विन्दुमा झरेको छ ।
अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ५३ अंकले बढेर २८ सय विन्दुमाथि पुगेको थियो । नेप्सेको सो बृद्धि एकदिन पनि टिकेन । यसदिन ३ सय २२ कम्पनीको १ करोड ७८ लाख ९१ हजार ९ सय १७ कित्ता सेयर ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४ सय ४५ रुपैयाँमा खरिदबिक्री भएको छ ।
यसदिनको कारोबार रकम अघिल्लो दिनको भन्दा केही बढी हो । अघिल्लो दिन ७ अर्ब ६८ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यसदिन पनि विकास हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा नेपाल रि इन्स्योरेन्स शीर्षस्थानमा रहेको छ । सो कम्पनीको ६ करोड ५४ लाख मूल्यबराबरको सेयर कारोबार भएको छ । यसैगरी, हिमालयन रि इन्स्योरेन्सले ६० करोडको सेयर कारोबार भएको छ । हिमालयन डिस्टिलरीको ३५ करोड,शिवम् सिमेन्टको २२ करोड र युनाइटेड मोदी हाइड्रोपावरको १९ करोडको सेयर कारोबार भएको छ ।
यसदिन कारोबारमा आएका मध्ये २४ वटा कम्पनीको सेयरमूल्य बढेको छ । २ सय २७ वटा कम्पनीको सेयरमूल्य घटेको छ । र्२ वटा उपसमूहको सेयरमूल्य उपसूचक बढेको छ । अन्य उपसमूहको सूचक घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।