logo

सामान्य अंकले बढ्यो नेप्से , ६ अर्ब १७ करोडको कारोबार

    541   पटक पढिएको


२ भदौं/अर्थ र व्यापार – सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक सोमबार ९ दशमलव १६ अंक बढेर २७ सय ७० दशमलब ३९ विन्दुमा पुगेको छ ।
यसदिन कारोबारमा आएका म्युचुअल फण्ड र अन्य बाहेकका उपसमूहले बजार बढाएका हुन । सबैभन्दा धेरै व्यापार उपसमूहको सूचक १ दशमलब २९ प्रतिशत बढेको छ । १ सय ७५ कम्पनीका लगानीकर्ताले कमाएका छन् । युनियन हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६ दशमलब १० प्रतिशतले सेयर मूल्य बढेको छ ।
बजारमा ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल रि इन्स्योरेन्सको सर्वाधिक २१ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको २० करोड ९५ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
७४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सम्पदा लघुवित्तको सर्वाधिक ४ दशमलब ८१ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ ।
बैंकिङ उपसमूहको २.५३, विकास बैंक उपसमूहको १८.३३, फाइनान्स उपसमूहको २.२९, होटल र पर्यटन उपसमूहको १७.१९, जलविद्युत उपसमूहको ३४.७७, लगानी उपसमूहको ०.४८, जीवन बीमा उपसमूहको ४२.६६, उत्पादनमूलक उपसमूहको ३७.७५, लघुवित्त उपसमूहको ५.२०, निर्जीवन बीमा उपसमूहको ४७.४५ र व्यापार उपसमूहको ५३.३८ अंकले बढेका छन् । तर, सोमबार सामूहिक लगानी कोष ०.१० र अन्य समूहगत सूचक १५.४३ अंकले घटेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।