logo

बैंकहरूको नाफा बृद्धिले पनि रोकिएन सेयर बजारको गिरावट

नेप्से २८ सयभन्दा तल

    634   पटक पढिएको



२७ साउन/अर्थ र व्यापार – बैंकहरूको नाफा बृद्धिले पनि सेयर बजारको गिरावट नरोकिएर मंगलबार सेयर बजारको परिसूचक नेप्से २८ सयभन्दा तल झरेको छ । यस साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक २६ दशमलब २२ अंकले घटेर २७ सय ९६ दशमलब २४ विन्दुमा कायम भएको छ ।
२४ कम्पनीको मूल्य बढेको छ । २ सय २५ वटा कम्पनीको सेयरमूल्य घटेको छ । एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । यसदिन अघिल्लो दिनको भन्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब २१ करोडको कारोबार भएकोमा मंगलबार ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५ सय ७ रुपैयाँको सेयर कारोबार भएको छ ।
होटल तथा पर्यटन बाहेक सबै उपसमूहका सूचक घटेका छन् । होटल तथा पर्यटन उपसमूहको १.३२ प्रतिशतले बढ्यो । बैंकिङ उपसमूहको ०.९४ प्रतिशत, विकास बैंक उपसमूहको ०.७६ प्रतिशत, फाइनान्स उपसमूहको १.५३ प्रतिशत, हाइड्रोपावर उपसमूहको १.२६ प्रतिशतले सेयरमुल्य घटेको छ ।
लगानी उपसमूहको ०.६६ प्रतिशत, जीवन बीमा उपसमूहको १.०६ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको १. प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको १.४९ प्रतिशत, निर्जीवन बीमा उपसमूहको ०.८१प्रतिशत , अन्य उपसमूहको ०.६२ प्रतिशत र व्यापार उपसमूहको ०.८६ प्रतिशतले सेयरमुल्य घटेको छ ।
यसदिन सिक्लेस हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले घटेको छ । उन्नति सहकार्य लघुवित्तको ८ प्रतिशत, लक्ष्मी लघुवित्तको ६.१४ प्रतिशतले सेयरमूल्य घटेको छ ।
धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, लुम्बिनी विकास बैंक, शिवम् सिमेन्ट र बुटवल पावर क्रमशः अगाडि छन् । यसदिन सिटी होटलको मूल्य १० प्रतिशतले बढेको छ । यो कम्पनीको हकप्रद सेयर निष्कासनका लागि मूल्य समायोजन भएपछि १० प्रतिशत बढेको हो । समाज लघुवित्तको ४.३४ प्रतिशत, कालिका पावरको २.३७ प्रतिशतले सेयरमूल्य बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।