logo

नेप्से ३१.५० अंक घटेर २९ सय २२ विन्दुमा , सेयर कारोबार रकम पनि घट्यो

    93   पटक पढिएको


१५ साउन/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ३१ दशमलब ५० अंकले घटेर २९ सय २२ दशमलब ६३ विन्दुमा कायम भएको छ ।
दिनभरको उतारचढावकाबीच यसदिन १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९ सय ५४ रूपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन १६ अर्ब ४४ करोडको कारोबार भएको थियो । ५२ वटा कम्पनीको सेयरमूल्य बढ्दा १ सय ९८ वटा कम्पनीको सेयरमूल्य घटेको छ ।
यसदिन फाइनान्स बाहेक सबै उपसमूहको सेयरमूल्य सूचक घटेको छ । फाइनान्स उपसमूहको १.१८ प्रतिशतले बढेको छ ।
व्यापार उपसमूहको सेयरमूल्य सबैभन्दा धेरै २ दशमलब ४४ प्रतिशतले घटेको छ । बैंकिङ उपसमूहको १.४४ प्रतिशत, विकास बैंक उपसमूहको ०.४७ प्रतिशत , होटल तथा पर्यटन उपसमूहको ०.९९ प्रतिशत , हाइड्रोपावर उपसमूहको १.१५ प्रतिशत , लगानी उपसमूहको १.३२ प्रतिशत , जीवन बीमा उपसमूहको १.२९ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको १.१४ प्रतिशत , माइक्रोफाइनान्स उपसमूहको ०.५० प्रतिशत , निर्जीवन बीमा उपसमूहको ०.७० प्रतिशत र अन्य उपसमूहको ०.३० प्रतिशतले घटेको छ ।
तीनवटा कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा ट्रेड टावर, नेपाल फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंक छन् । ग्रिन डेभलपमेन्ट बैंकको ९.९, सप्तकोशी विकास बैंकको ९.८६, सिन्धु विकास बैंकको ६.७४, सान्भी इनर्जीको ५.३९ प्रतिशतले सेयरमूल्य बढ्यो ।
भूगोल इनर्जीको ७.१० प्रतिशत, माइखोला हाइड्रोपावरको ५.७० तथा अपरसोलु हाइड्रो इलेक्ट्रिकको ४.९४ प्रतिशत मूल्य घट्यो ।
धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र लुम्बिनी विकास बैंक रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।