logo

नेप्से ३१.५० अंक घटेर २९ सय २२ विन्दुमा , सेयर कारोबार रकम पनि घट्यो

    516   पटक पढिएको


१५ साउन/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ३१ दशमलब ५० अंकले घटेर २९ सय २२ दशमलब ६३ विन्दुमा कायम भएको छ ।
दिनभरको उतारचढावकाबीच यसदिन १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९ सय ५४ रूपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन १६ अर्ब ४४ करोडको कारोबार भएको थियो । ५२ वटा कम्पनीको सेयरमूल्य बढ्दा १ सय ९८ वटा कम्पनीको सेयरमूल्य घटेको छ ।
यसदिन फाइनान्स बाहेक सबै उपसमूहको सेयरमूल्य सूचक घटेको छ । फाइनान्स उपसमूहको १.१८ प्रतिशतले बढेको छ ।
व्यापार उपसमूहको सेयरमूल्य सबैभन्दा धेरै २ दशमलब ४४ प्रतिशतले घटेको छ । बैंकिङ उपसमूहको १.४४ प्रतिशत, विकास बैंक उपसमूहको ०.४७ प्रतिशत , होटल तथा पर्यटन उपसमूहको ०.९९ प्रतिशत , हाइड्रोपावर उपसमूहको १.१५ प्रतिशत , लगानी उपसमूहको १.३२ प्रतिशत , जीवन बीमा उपसमूहको १.२९ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको १.१४ प्रतिशत , माइक्रोफाइनान्स उपसमूहको ०.५० प्रतिशत , निर्जीवन बीमा उपसमूहको ०.७० प्रतिशत र अन्य उपसमूहको ०.३० प्रतिशतले घटेको छ ।
तीनवटा कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा ट्रेड टावर, नेपाल फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंक छन् । ग्रिन डेभलपमेन्ट बैंकको ९.९, सप्तकोशी विकास बैंकको ९.८६, सिन्धु विकास बैंकको ६.७४, सान्भी इनर्जीको ५.३९ प्रतिशतले सेयरमूल्य बढ्यो ।
भूगोल इनर्जीको ७.१० प्रतिशत, माइखोला हाइड्रोपावरको ५.७० तथा अपरसोलु हाइड्रो इलेक्ट्रिकको ४.९४ प्रतिशत मूल्य घट्यो ।
धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र लुम्बिनी विकास बैंक रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।