१५ साउन/अर्थ र व्यापार – नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । सञ्चालक समितिको बैठकले अर्थमन्त्रालयको स्वीकृति लिई कायम सेयरधनीलाई शत प्रतिशत हकप्रद सेयर जारी गरी पूँजी वृद्धि गर्ने निर्णय गरेको सो कम्पनीले जनाएको छ ।
साथै सो प्रस्ताव आगामी साधारणसभामा पेश गर्ने निर्णय कम्पनीले गरेको छ । आगामी माघ मसान्तसम्म पुर्नबीमा कम्पनीहरुले न्यूनतम चुक्ता पूँजी २० अर्ब रुपैयाँ पु¥याउनेगरी प्रस्ताव गरेका छन् । त्यसैले नेपाल पुर्नबीमा कम्पनीले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ । त्यस्तै बजार मूल्य प्रतिकित्ता १६ सय रुपैयाँ हाराहारीमा छ ।
तपाईको प्रतिक्रिया