logo

३ हजार माथि टिकेन सेयर बजार, नेप्से ४७.९३ अंकले घट्यो

    94   पटक पढिएको


१४ साउन/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से ३ हजार भन्दा माथि टिक्न नसकेर फेरि साढे २९ सय नजिक नै झरेको छ । अघिल्लो दिन ३ हजार २ अंकमा बासबसेको नेप्से यसदिन ४७ दशमलब ९३ अंकले घटेर २९ सय ५४ दशमलब १४ विन्दुमा झरेको छ ।
बुधबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन १८ अर्ब ५२ करोडको कारोबार भएकोमा यसदिन १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४ सय ८ रुपैयाँको सेयर कारोबार भएको छ ।
२३ वटा कम्पनीको सेयरमूल्य बढेको छ । २ सय २६ वटा कम्पनीको सेयरमूल्य घटेको छ । अन्य उपसमूहको बाहेक सबै उपसमूहका सेयरमूल्य सूचक घटेका छन् । अन्य उपसमूहको शून्य दशमलब ८५ प्रतिशतले बढेको छ । दुईवटा शक्तिशाली कम्पनी नेपाल पुर्नबीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सको सेयरमूल्य बढेका कारण यो उपसमूहको सूचक हरियो देखिएको छ ।
यसदिन बैंकिङ उपसमूहको १ दशमलब ५५ प्रतिशत, विकास बैंक उपसमूहको ३ दशमलब २७ प्रतिशत, फाइनान्स उपसमूहको २ दशमलब ७० प्रतिशत, होटल तथा पर्यटन उपसमूहको २ दशमलब १० प्रतिशत , हाइड्रोपावर उपसमूहको १ दशमलब ६३ प्रतिशत , लगानी उपसमूहको १ दशमलब ६५ प्रतिशतले घटेको छ ।
जीवन बीमा उपसमूहको १ दशमलब ७६ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको १ दशमलब ३२ प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको ३ दशमलब २८ प्रतिशत, निर्जीवन बीमा उपसमूहको १ दशमलब ५४ प्रतिशत र व्यापार उपसमूहको १ दशमलब ७२ प्रतिशतले घटेको छ ।
दुई कम्पनी सान्भी इनर्जी र ट्रेड टावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । समता घरेलु लघुवित्तको ६ दशमलब ७४ प्रतिशतल, सिक्लेस हाइड्रोपावरको ५ दशमलब १६ प्रतिशत , भूगोल इनर्जीको ३ दशमलब ८२ प्रतिशतले सेयरमूल्य बढेको छ ।
ग्रिन डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ । त्यस्तै, कालिका पावरको ६ प्रतिशत, सीवाईसी लघुवित्तको ५ दशमलब ४ प्रतिशत, नाडेप लघुवित्तको ५ दशमलब ४ प्रतिशतले सेयर मूल्य घटेको छ ।
यसदिन धेरै कारोबार भएका पाँच कम्पनीहरूमा हिमालयन रि इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, ग्रिन भेन्चर्स र नेपाल पुर्नबीमा कम्पनी क्रमशः अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।