logo

सेयर बजार ४ वर्षकै उच्च, नाघ्यो ३ हजार

    379   पटक पढिएको


१३ साउन /अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार करिब ४ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सेयर बजार परिसूचक नेप्से ३० दशमलब ७६ अंकले बढेर ३ हजार २ दशमलब ०७ विन्दुमा पुगेको छ । कारोबारको क्रममा मंगलबार दिउँसो सवा १२ बजे नेप्से बढेर ३ हजार २८ विन्दुसम्म उक्लिएको थियो ।
दिनभरको कारोबारपछि बजार बन्द हुँदा नेप्सेमा कायम रहेको यो ३ हजार २ दशमलब ०७ विन्दु १३ भदौ २०७८ यताकै उच्च हो । सो वर्ष २ भदौमा हालसम्मकै उच्च नेप्से ३१ सय ९८ विन्दुको रेकर्ड बनाएपछि पुनः ओरालो लागेको थियो ।
यसदिन १८ अर्ब ५२ करोड ५३ लाख २२ हजार ८ सय ४५ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन १९ अर्ब ३६ करोडको कारोबार भएको थियो । कारोबार रकम भने गत ३१ साउनमा हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको थियो ।
यसदिन १ सय ७६ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ७४ वटा कम्पनीको घटेको छ । अन्य उपसमूहको सेयरमूल्य सबैभन्दा धेरै २ दशमलब ५८ प्रतिशतले बढेको छ । बैंकिङ उपसमूहको १.३२ प्रतिशत , होटल तथा पर्यटन उपसमूहको ०.३२ प्रतिशत, हाइड्रोपावर उपसमूहको ०.४४ प्रतिशतले बढेको छ ।
लगानी उपसमूहको ०.९४ प्रतिशत, जीवन बीमा उपसमूहको ०.७९ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको ०.९८ प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको १.६९ प्रतिशत र निर्जीवन बीमा उपसमूहको १.१२ प्रतिशतले बढेको छ ।
व्यापार उपसमूहको ०.२५ प्रतिशत, विकास बैंक उपसमूहको ०.३६ प्रतिशत र फाइनान्स उपसमूहको ०.१२ प्रतिशतले घटेको छ । यसदिन चारवटा कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्त छन् ।
त्यस्तै, नेपाल वेयरहाउजिङको ८.०६ प्रतिशत, मायाखोलाको ७.२१ प्रतिशत र ग्रिन भेन्चर्सको ७ प्रतिशतले सेयरमूल्य बढेको छ । समता घरेलु लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.६ प्रतिशतले घटेको छ । धेरै कारोबार भएका कम्पनीमा हिमालयन डिस्टिलरी, ग्रिन भेन्चर्स, नेपाल पुर्नबीमा, हिमालयन रि इन्स्योरेन्स र राधि विद्युत् रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।