१३ साउन/अर्थ र व्यापार – हिमालयन बैंकको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँट भएको छ। बैंकको एफपीओ मंगलबार सेयर निष्कासन तथा बिक्री प्रबन्धकले बाँडफाँट गरेको हो ।
बैंकको सेयर ९ लाख २५ हजार ४६ आवेदकले १० कित्ताका दरले हात पारेका छन् । बैंकले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियमसहित १५७ रुपैयाँमा गत ३१ असारदेखि ४ साउनसम्म ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गरेको थियो ।
बैंकको एफपीओमा १८ लाख २५ हजार ९ सय २२ आवेदकले ३ करोड ८५ लाख ९१ हजार १ सय ६० कित्ता सेयरका लागि निवेदन दिएकामा आधाको हात रित्तो भएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटलले गरेको थियो । सेयर लगानीकर्ताले मेरो सेयर र सीडीएस एण्ड क्लियरिङको वेभसाइटबाट एफपीओको नतिजा हेर्न सक्नेछन् ।
बैंकले साधारण सेयरको हिस्सा बढाएर ३० प्रतिशत पु¥याउनका लागि एफपीओ निष्कासन गरेको हो। हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ छ। त्यसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको हो ।
तपाईको प्रतिक्रिया