१ साउन/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन एवं नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन बिहीबार सेयर बजार ७५ दशमलब ८४ अंकले बढेको छ ।
सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २८ सय ७० दशमलब ६३ विन्दुमा पुगेको छ । यसदिन २ सय ४० वटा कम्पनीको मूल्य बढेको छ । ९ वटा कम्पनीको सेयरमूल्य घटेको छ । बिहीबार कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १४ अर्ब ३ करोडको कारोबार भएकोमा यसदिन १६ अर्ब ५९ करोडको कारोबार भएको छ ।
सबै समूहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ५.०९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ १.७६, विकास बैंक १.९५, फाइनान्स २.८०, होटल तथा पर्यटन २.६०, हाइड्रोपावर ३.०४, लगानी ३.१७, जीवन बीमा ३.१४, उत्पादन तथा प्रशोधन २.९४, माइक्रोफाइनान्स २.५०, निर्जीवन बीमा २.१८ र व्यापार १.७६ प्रतिशत बढे ।
तीन कम्पनी ट्रेड टावर, शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
इस्टर्न हाइड्रोपावरको ९.९०, बाराही हाइड्रोपावरको ९, नेपाल पुनर्बीमाको ८.५३, मेरो माइक्रोफाइनान्सको ७.६८, युनियन हाइड्रोपावरको ७.५६, माउन्टेन हाइड्रो नेपालको ७.२८ प्रतिशत मूल्य बढ्यो ।
माइखोला हाइड्रोपावरको ३.७६, कर्पोरेट डेभलपमेन्ट बैंकको १.५७, सांग्रिला डेभलपमेन्ट बैंकको ०.७८ प्रतिशत मूल्य घट्यो । यसदिन धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, बुटवल पावर, राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर र ङादी ग्रुप क्रमशः अगाडि रहेको छ ।
तपाईको प्रतिक्रिया