logo

सेयर बजार उत्साह, लगानीकर्ताको आकर्षण बैंकमा

    321   पटक पढिएको

२६ असार/अर्थ र व्यापार – यस साताको अन्तिक कारोबार दिन बिहीबार सेयर बजारमा उत्साह छाएको छ । अघिल्लो दिनको तुलनामा यसदिन सेयरबजार परिसूचक नेप्से २५ दशमलब ८९ अंकले बढेर २७ सय ३१ दशमलब ८० विन्दुमा कायम भएको छ ।
बिहीबार बढेर नेप्सेमा पुगेको यो अंक करिब ४ महिना यताकै उच्चतम विन्दु हो । यो अंक गत २८ फागुनयताकै उच्च हो । सो दिन दिन नेप्से २७ सय ३६ अंकमा रहेको थियो । त्यसयता नेप्से संधै २७ सय ३० अंक भन्दा मुनी रहँदै आएको थियो । यसदिन नेप्सेसँगै सेयर बजारमा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा यसदिन ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७ सय ३९ रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन १ सय ६१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८७ वटाको घटेको छ । अघिल्लो दिन जस्तै यसदिन पनि वाणिज्य बैंकहरुको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । बैंकिङ उपसमूहको सेयरमूल्य सबैभन्दा धेरै ३ दशमलब ०२ प्रतिशतले बढेको छ ।
विकास बैंक उपसमूहको १.१२ प्रतिशत, फाइनान्स उपसमूहको ०.५१ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको ०.१४ प्रतिशत, लगानी उपसमूहको ०.३५ प्रतिशत, जीवन बीमा उपसमूहको ०.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको ०.४५ प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको १.४६ प्रतिशत, निर्जीवन बीमा उपसमूहको ०.२७ प्रतिशत र अन्य उपसमूहको सेयरमूल्य ०.१७ प्रतिशतले बढेको छ । व्यापार उपसमूहको ०.५३ प्रतिशत र हाइड्रोपावर उपसमूहको ०.२२ प्रतिशतले घटेको छ ।
माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.१५ प्रतिशत बढ्यो । माण्डु हाइड्रोपावरको ६.७६, समता घरेलु लघुवित्तको ६.५७, भगवती हाइड्रोपावरको ६.५२, सानिमा बैंकको ४.८० प्रतिशत मूल्य बढ्यो ।
प्रतिशतका आधारमा आज मूल्य धेरै बढेका वाणिज्य बैंकमा सानिमापछि एसबीआई, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक तथा कृषि विकास बैंक अगाडि रहे । ती सबै बैंकको मूल्य ३.४५ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यसदिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ९.९ प्रतिशतले घटेको छ । धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, सानिमा बैंक, सप्तकोशी पिकास बैंक र सीईडीबी होल्डिङ्स रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।