२४ असार/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ०.१४ अंकले घटेको छ । यसदिन १ सय ३३ वटा कम्पनीको सेयरमूल्य बढ्यो भने १ सय १५ वटा कम्पनीको सेयरमुल्य घटेको छ । झिंनो अंकले घटेको नेप्से २६ सय ८३ दशमलब ८६ विन्दुमा कायम भएको छ ।
यसदिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ३७ करोडको कारोबार भएकोमा यसदिन ६ अर्ब ५७ करोडको सेयर कारोबार भएको छ ।
सबै भन्दा धेरै रसुवागढी हाइड्रोपावरको सेयरमूल्य ५.०८ प्रतिशत घट्यो ।
बैंकिङ ०.३७, होटल तथा पर्यटन ०.०१, अन्य ०.७७, निर्जीवन बीमा ०.३७ प्रतिशत घटे । जीवन बीमा स्थिर रह्यो ।
मंगलबार बिहान चीनतर्फबाट आएको ठुलो बाढीले रसुवागढी हाइड्रोपावरमा क्षति भएका कारण सो कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ५.०८ प्रतिशत घटेको हो ।
मंगलबार बिहानको बाढीका कारण सो कम्पनीले बनाएको १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना क्षति भई विद्युत् आपूर्ति बन्द भएपछि सेयर मूल्यमा नकारात्मक प्रभाव परेको हो । त्यस्तै, भूगोल इनर्जीको ३.९२ तथा माथिल्लो मैलुङखोलाको ३.१४ प्रतिशत मूल्य घट्यो ।
यसदिन बुटवल पावरको मूल्य सबैभन्दा धेरै ८ दशमलब २१ प्रतिशत बढ्यो । पिपुल्स हाइड्रोपावरको ५.९६, रिभर फल्स पावरको ४.६९, ग्रिन डेभलपमेन्ट बैंकको ४.६२ तथा सयपत्री हाइड्रोपावरको ४.०७ प्रतिशत मूल्य बढ्यो ।
फाइनान्स समूह सबैभन्दा धेरै १.२५ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक ०.४१, हाइड्रोपावर ०.५९, लगानी ०.०८, उत्पादन तथा प्रशोधन ०.३७, माइक्रोफाइनान्स ०.०७ तथा व्यापार ०.३८ प्रतिशत बढे ।
धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, बुटवल पावर, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, लक्ष्मी सनराइज बैंक संस्थापक, राधि विद्युत् क्रमशः अगाडि रहेका छन् ।
तपाईको प्रतिक्रिया