logo

प्रधानमन्त्री ओली–देउवाबीच गभर्नर आजै नियुक्त गर्ने सहमतिले शेयर बजारमा उछाल,नेप्से ४९.०९ अंकले बढ्यो

    469   पटक पढिएको


६ जेठ/अर्थ र व्यापार – प्रधानमन्त्री केपी शर्मा ओली र सरकारमा सहभागी दल नेपाली काँग्रेशका अध्यक्ष शेरबहादुर देउवाबीच लामो समय रित्त रहेको नेपाल राष्ट्र बैंकको नयाँ गर्भनरमा प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने सहमती भएपछि मंगलबार शेयर बजारमा उछाल देखिएको छ । सबै उपसमूहका शेयर मुल्य सूचकहरुमा हरियाली छाएको छ ।
यसअघि लगातार ६ दिनसम्मको गिरावटपछि शेयर बजारको परिसूचक नेप्से सूचक सोमबार १९ दशमलब ३० अंकले बढेको थियो । मंगलबार नयाँ गर्भनर नियुक्ति हुने सहमतीको वातावरण बनेपछि शेयर बजार परिसूचक नेप्से ४९ दशमलब ०९ अंकले बढेर २६ सय ७७ दशमलब ४५ विन्दुमा पुगेको छ ।
यस साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल राष्ट्र बैंकमा लामो समय रिक्त रहेको नयाँ गभर्नर नियुक्ति गर्न सिफारिस समिति र मन्त्रिपरिषद् बैठक बोलाइएको समाचार बाहिरिएपछि लगानीकर्ताबीच सकारात्मक प्रभाव परेका कारण नेप्से यतिधेरै अंकले बढेर २६ सय ७७ दशमलब ४५ विन्दुमा पुगेको हो ।
प्रधानमन्त्री ओलीले मंगलबार नेपाली कांग्रेसका सभापति देउवालाई बालुवाटार बोलाएर देउवाले भने बमोजिम नै गभर्नर नियुक्त गर्न सहमति जनाएका थिए । देउवासँगको वार्तापछि प्रधानमन्त्री ओलीले मंगलबार साँझ ५ बजे मन्त्रिपरिषद् बैठक राखेका छन् । सोही बैंठकबाट राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिको निणर्य हुने अपेक्षा सहितको सकारात्मक प्रभावका कारण लगानीकर्तामा ओली–देउवाको वार्तापछि उत्साह देखिएको छ ।
लगानीकर्तामा देखिएको सोही उत्साहका कारण मंगलबार कारोबारमा आएका सबै शेयर मूल्य सूचकमा हरियाली छाएकाले बजार बढाएका हुन् । होटल तथा पर्यटन उपसमूहको शेयर मूल्य सूचक सर्वाधिक ३ दशमलब ४२ प्रतिशतले बढेको छ ।
यसदिन २ सय २९ वटा कम्पनीका शेयर मूल्य बढेको छ । ५ वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । एउटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । १५ वटा कम्पनीको मूल्य मात्र घटेको छ विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ३ दशमलब ०९ प्रतिशतले घटेको छ ।
यसदिन ७ अर्ब ३१ करोड २७ लाख ९० हजार १ सय ९६ रुपैयाँको शेयर कारोबार भएको छ । अघिल्लो दिन ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ रुपैयाँको शेयर कारोबार भएको थियो । मंगलबार राधी विद्युत् कम्पनीको सर्वाधिक ४१ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसैगरी, ङादी ग्रुप पावरको ३६ करोड ८३ लाख र युनिभर्सल पावर कम्पनीको ३१ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।