६ जेठ/अर्थ र व्यापार – प्रधानमन्त्री केपी शर्मा ओली र सरकारमा सहभागी दल नेपाली काँग्रेशका अध्यक्ष शेरबहादुर देउवाबीच लामो समय रित्त रहेको नेपाल राष्ट्र बैंकको नयाँ गर्भनरमा प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने सहमती भएपछि मंगलबार शेयर बजारमा उछाल देखिएको छ । सबै उपसमूहका शेयर मुल्य सूचकहरुमा हरियाली छाएको छ ।
यसअघि लगातार ६ दिनसम्मको गिरावटपछि शेयर बजारको परिसूचक नेप्से सूचक सोमबार १९ दशमलब ३० अंकले बढेको थियो । मंगलबार नयाँ गर्भनर नियुक्ति हुने सहमतीको वातावरण बनेपछि शेयर बजार परिसूचक नेप्से ४९ दशमलब ०९ अंकले बढेर २६ सय ७७ दशमलब ४५ विन्दुमा पुगेको छ ।
यस साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल राष्ट्र बैंकमा लामो समय रिक्त रहेको नयाँ गभर्नर नियुक्ति गर्न सिफारिस समिति र मन्त्रिपरिषद् बैठक बोलाइएको समाचार बाहिरिएपछि लगानीकर्ताबीच सकारात्मक प्रभाव परेका कारण नेप्से यतिधेरै अंकले बढेर २६ सय ७७ दशमलब ४५ विन्दुमा पुगेको हो ।
प्रधानमन्त्री ओलीले मंगलबार नेपाली कांग्रेसका सभापति देउवालाई बालुवाटार बोलाएर देउवाले भने बमोजिम नै गभर्नर नियुक्त गर्न सहमति जनाएका थिए । देउवासँगको वार्तापछि प्रधानमन्त्री ओलीले मंगलबार साँझ ५ बजे मन्त्रिपरिषद् बैठक राखेका छन् । सोही बैंठकबाट राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिको निणर्य हुने अपेक्षा सहितको सकारात्मक प्रभावका कारण लगानीकर्तामा ओली–देउवाको वार्तापछि उत्साह देखिएको छ ।
लगानीकर्तामा देखिएको सोही उत्साहका कारण मंगलबार कारोबारमा आएका सबै शेयर मूल्य सूचकमा हरियाली छाएकाले बजार बढाएका हुन् । होटल तथा पर्यटन उपसमूहको शेयर मूल्य सूचक सर्वाधिक ३ दशमलब ४२ प्रतिशतले बढेको छ ।
यसदिन २ सय २९ वटा कम्पनीका शेयर मूल्य बढेको छ । ५ वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । एउटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । १५ वटा कम्पनीको मूल्य मात्र घटेको छ विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ३ दशमलब ०९ प्रतिशतले घटेको छ ।
यसदिन ७ अर्ब ३१ करोड २७ लाख ९० हजार १ सय ९६ रुपैयाँको शेयर कारोबार भएको छ । अघिल्लो दिन ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ रुपैयाँको शेयर कारोबार भएको थियो । मंगलबार राधी विद्युत् कम्पनीको सर्वाधिक ४१ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसैगरी, ङादी ग्रुप पावरको ३६ करोड ८३ लाख र युनिभर्सल पावर कम्पनीको ३१ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
तपाईको प्रतिक्रिया