logo

चौथो कारोबार दिन पनि नेप्से १३.९६ अंकले घट्यो

    449   पटक पढिएको


३१ वैशाख/अर्थ र व्यापार – लगातार चौथो कारोबार दिन बुधबार पनि शेयरबजार परिसूचक नेप्से १३ दशमलब ९६ अंकले घटेको छ । यो गिरावटसँगै नेप्से २६ सय २० दशमलब २७ विन्दुमा कायम भएको छ ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ६३ करोडको कारोबार भएकोमा यसदिन ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार १ सय ५ रुपैयाँको शेयर कारोबार भएको छ ।
६२ वटा कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ८३ वटा कम्पनीको घट्यो भने एउटा कम्पनीको स्थिर रहेको छ । दुईवटा पुनर्बीमा कम्पनीको शेयर मूल्य बढेको छ । अन्य उपसमूहको सबैभन्दा धेरै २.४६ प्रतिशत बढ्यो । विकास बैंक उपसमूहको शेयर मुल्य १.१९ प्रतिशतले बढेको छ । अरु सबै उपसमूहको शेयर मुल्य घटेको छ ।
यसदिन बैंकिङ उपसमूहको शेयर मूल्य ०.४९ प्रतिशत , फाइनान्स उपसमूहको ०.२१ प्रतिशत , होटल तथा पर्यटन उपसमूहको १.५४ प्रतिशत , हाइड्रोपावर उपसमूहको १.९६ प्रतिशत , लगानी उपसमूहको १.०८ प्रतिशत , जीवन बीमा उपसमूहको ०.८६ प्रतिशत , उत्पादन उपसमूहको ०.९२ प्रतिशत , माइक्रोफाइनान्स उपसमूहको ०.२६ प्रतिशत , निर्जीवन बीमा उपसमूहको १.३९ प्रतिशत र व्यापार उपसमूहको शेयर मूल्य ०.६९ प्रतिशतले घटेको छ ।
यसदिन पनि ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्य १० प्रतिशतले बढ्यो । गुराँस लघुवित्तको १० प्रतिशतले घट्यो ।
सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरुमा राधि विद्युत्, युनिभर्सल पावर, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, ङादी ग्रुप तथा लुम्बिनी विकास बैंक क्रमशः अगाडी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।