२४ वैशाख/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा हरियाली छाएको छ । यसदिन शेयर बजार परिसूचक नेप्से ६२ दशमलब २५ अंकले बढेर २६ सय ७३ दशमलब ६९ विन्दु पुगेको छ ।
यसदिन समग्रमा शेयर बजार २ दशमलब ३८ प्रतिशतले बढेको छ । बुधबार २ सय २७ वटा कम्पनीको शेयर मुल्य बढेको छ । १८ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने एउटाको स्थिर रहेको छ ।
यसदिन १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३ सय ५२ रुपैयाँको शेयर कारोबार भएको छ । यसदिन कारोबारमा आएका सबै उपसमूहको सेयर मूल्य बढेको छ । वित्त र जलविद्युत्मा लगानीकर्ताको बढी आकर्षण देखिएको छ ।
बुधबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रोलाइफ इन्स्यारेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ । यसबाहेक बुटवल पावर कम्पनी, ओम मेगाश्री फर्मास्युटिकल्स, पिपुल्स हाइड्रो लगायत कम्पनीको शेयर मुल्य बढेको छ ।
नेप्से यतिधेरै बढेपनि यसदिन न्यादी हाइड्रो, लक्ष्मी भ्यालु फन्ड, मुक्तिनाथ डिबेन्चर लगायतको शेयर मूल्य सबैभन्दा धेरैले घटेको छ । यसदिन सानिमा माई हाइड्रोको सर्वाधिक कारोबार भएको छ ।
बुधबार फाइनान्स उपसमुहको शेयर मुल्य सबैभन्दा धेरै ५ दशमलब ४७ प्रतिशतले बढेको छ । यसअघि लामो बढ्न नसकेको बैंकिङ उपसमूहको शेयर मुल्य २ दशमलब ९७ प्रतिशतले बढेको छ ।
तपाईको प्रतिक्रिया