२१ वैशाख/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक आइतबार ३.४४ अंकले घटेर २६२०.३९ विन्दुमा झरेको छ ।
यसदिन कारोबारमा आएका बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा कम्पनी बाहेका उपसमूहले बजार घटाएका हुन् ।
१ सय २८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । १ सय १८ वटा कम्पनीको सेयर मुल्य बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
बजारमा ९ अर्ब २४ करोड ५५ लाख रुपैयाँको सेयर खरिदविक्री भएको छ । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा १३ करोडले कम हो । सानिमा माई हाइड्रोपावरको सर्वाधिक ६० करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यसदिन सबैभन्दा धेरै कारोबार सानिमा माई हाइड्रोपावरको भएको छ ।
तपाईको प्रतिक्रिया