१६ वैशाख/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारको गिरावट कायमै रहेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सेयर बजार परिसूचक नेप्से १५ दशमलब ०८ अंकले घटेर २६ सय ३१ दशमलब ९८ विन्दुमा झरेको छ ।
नेप्से परिसूचकसंगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन जम्मा ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार २ सय ७५ रुपैयाँको सेयर कारोबार भएको छ ।
१ सय ८८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ५७ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ । यसदिन म्युचलफन्ट बाहेक सबै उपसमुहको सेयर मुल्य सूचक राताम्य भएर घटेका छन् । फाइनान्स उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै १ दशमलब २२ प्रतिशतले घटेको छ ।
बैंकिङ उपसमुहको ०.५७ प्रतिशत , विकास बैंक उपसमुहको ०.९० प्रतिशत , होटल तथा पर्यटन उपसमुहको ०.६३ प्रतिशत, हाइड्रोपावर उपसमुहको ०.२० प्रतिशत , लगानी उपसमुहको ०.८३ प्रतिशत , जीवन बीमा उपसमुहको ०.५४ प्रतिशत, उत्पादन उपसमुहको ०.३४ प्रतिशत , माइक्रोफाइनान्स उपसमुहको ०.७८ प्रतिशत , निर्जीवन बीमा उपसमुहको ०.३२ प्रतिशत , व्यापार उपसमुहको ०.५१ प्रतिशत र अन्य उपसमुहको ०.७५ प्रतिशतले सेयर मुल्य घटेको छ ।
मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य ९.८ प्रतिशतले घट्यो । ग्रिन डेभलपमेन्टको ७.७ प्रतिशत , सिन्धु विकास बैंकको ६.६ प्रतिशत र ग्रिनलाइफ हाइड्रोपावरको ४.५ प्रतिशतले सेयर मूल्य घटेको छ ।
यसदिन दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ । भूगोल इनर्जीको ९, राधि विद्युतको ७ र कर्पोरेट डेभलपमेन्टको ६.६ प्रतिशतले सेयर मूल्य बढेको छ । कारोबार रकमका आधारमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र एचआईडीसीएल क्रमशः अगाडि रहेको छ ।
तपाईको प्रतिक्रिया