१४ वैशाख/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । य कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज ३ अर्बले कारोबार बढेको छ । नेप्से परिसूचक ३ दशमलब ५८ अंकले बढेर २६ सय ६१ विन्दुमा कायम भएको छ ।
अघिल्लो दिन ७ अर्ब ८७ करोडको कारोबार भएकोमा यसदिन कारोबार रकम बढेर १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार १ सय ४४ रुपैयाँको सेयर कारोबार भएको छ । उच्च कारोबारका बीच बजारको परिसूचक नेप्से सामान्य अंकले बढेको हो ।
यसदिन सबैभन्दा धेरै लगानी उपसमुहको सयेर मुल्य बढेको छ भने फाइनान्स उपसमुहको सयेर मुल्य घटेको ।
बैंकिङ उपसमुहको ०.३९प्रतिशत , विकास बैंक उपसमुहको ०.०२, फाइनान्स उपसमुहको १.०५, जीवन बीमा उपसमुहको ०.११, माइक्रो फाइनान्स उपसमुहको ०.९४, निर्जीवन बीमा उपसमुहको ०.३३ प्रतिशत र अन्य उपसमुहको सेयर मुल्य ०.५७ प्रतिशतले घटेको छ ।
होटल तथा पर्यटन उपसमुहको सेयर मुल्य ०.३८ प्रतिशत , हाइड्रोपावर उपसमुहको १.०६ प्रतिशत, लगानी उपसमुहको १.७७ प्रतिशत, उत्पादन उपसमुहको ०.४१ प्रतिशत र व्यापार उपसमुहको सेयर मुल्य १ दशमलब १८ प्रतिशतले बढेको छ ।
आइतबार दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य प्रतिकित्ता १ हजार ४२ रुपैयाँ ५० पैसा पुगेको छ भने क्रेस्टको ८ सय ६१ रुपैयाँ ९० पैसा पुगेको छ ।
भूगोल इनर्जीको ७.६३ प्रतिशत , ङादी ग्रुप पावरको ७.५५ प्रतिशत, सानिमा माइ हाइड्रोपावरको ७.१९ प्रतिशत, अरुणभ्याली हाइड्रोपावरको ७.०७ प्रतिशतले सेयर मूल्य बढेको छ । विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ नारायणी डेभलपमेन्टको ५.०२ प्रतिशत घट्यो । यसदिन धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, एचआईडीसीएल र एचआईडीसीएल प्रमोटर क्रमशः अगाडि रहेको छ ।
तपाईको प्रतिक्रिया