logo

सेयर बजार घटेर २७ सयभन्दा मुनी

    291   पटक पढिएको


८ वैशाख/अर्थ र व्यापार– यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से घटेर २७ सयभन्दा मुनी झरेको छ । अघिल्लो दिनको तुलनामा यसदिन नेप्से ७ दशमलब ७५ अंकले घटेर २६ सय ९८ दशमलब २८ विन्दुमा कायम भएको छ । यसदिन कारोबारको क्रममा केही समय नेप्से बढेर २७ सय १६ अंकसम्म पुगेपनि सो बृद्धि बजार बन्दहुने बेलासम्म टिक्न सकेन । सेयर बजारको परिसूचक नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । ८ अर्ब ७७ करोड ५७ लाख २० हजार २ सय ९३ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ४३ करोडको सेयर कारोबार भएको थियो ।
यसदिन १ सय ३३ वटा कम्पनीको सेयर मुल्य घटेको छ । १ सय १२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एउटाको स्थिर रहेकोे छ । व्यापार उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै घट्यो । बैंकिङ उपसमुहको सेयर मुल्य सुन्य दशमलब ८५ प्रतिशत , जीवन बीमा उपसमुहको ०.१६ प्रतिशत , माइक्रोफाइनान्स उपसमुहको ०.११ प्रतिशत, निर्जीवन बीमा उपसमुहको ०.१५ प्रतिशत, व्यापार उपसमुहको १.५२ प्रतिशत र अन्य उपसमुहको १ प्रतिशतले सेयर मुल्य घटेको छ ।
एसबीआई बैंकको सयर मूल्य सबैभन्दा धेरै ४ दशमलब १७ प्रतिशतले घट्यो । विन नेपाल लघुवित्तको ४ दशमलब ०२ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको ३ दशमलब ९६ प्रतिशतले सेयर मूल्य घटेको छ ।
विकास बैंक उपसमुहको सेयर मुल्य सुन्य दशमलब ४३ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको सुन्य दशमलब ०६ प्रतिशत, हाइड्रोपावर उपसमुहको सुन्य दशमलब.७७ प्रतिशत, लगानी उपसमुहको सुन्य दशमलब १७ प्रतिशत, उत्पादन उपसमुहको सुन्य दशमलब ०३ प्रतिशतले सेयर मुल्य बढेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य केही दिनदेखि १० प्रतिशत बढिरहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको ९ दशमलब ८८ प्रतिशत, युनिभर्सल पावरको ९ दशमलब ८० प्रतिशत , नेपाल हाइड्रो डेभलपर्सको ९ दशमलब ०७ प्रतिशतले सेयर मुल्य बढ्यो ।
सोमबार धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप पावर, युनिभर्सल पावर, एचआईडीसीएल, हिमालयन पावर पार्टनर र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।