१३ चैत/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारका सबै सूचक बढेका छन् । अघिल्लो दिन ५८ अंक घटेको बजार बुधबार भने ३९ दशमलब १३ अंक बढेको हो । सो वृद्धिपछि नेप्से परिसूचक २६ सय २१ विन्दुमा कायम भएको छ ।
यसदिन बजार बढेपनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब १८ करोडको कारोबार भएकोमा यसदिन ४ अर्ब २० करोड ४४ लाख ८ हजार ८ सय ९४ रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन २ सय ३१ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १२ वटा कम्पनीको सेयर मुल्य घटेको छ । सबै उपसमुहका सेयर मुल्य सूचक हरियाली भएर बढेका छन् ।
विभिन्न उपसमुह मध्ये अन्य र जीवन बीमा उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै २÷२ प्रतिशतले बढेको छ । बैंकिङ उपसमुहको १.१५ प्रतिशत, विकास बैंक उपसमुहको १.१९ प्रतिशत, फाइनान्स उपसमुहको १.७५, होटल तथा पर्यटन १.७८, हाइड्रोपावर १.७०, लगानी १.६७, जीवन बीमा २.०६, उत्पादन ०.९८, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.७५, अन्य २.०९ प्रतिशत र व्यापार उपसमुहको सेयर मुल्य १ प्रतिशतले बढेको छ ।
माउन्टेन हाइड्रोको सेयर मूल्य ५ ८५ प्रतिशत, स्वेतगंगा हाइड्रोपावरको ५.३५ प्रतिशत, मनकामना इन्जिनियरिङको ५.१९, राप्ती हाइड्रोको ४.९७ तथा हाथवे इन्भेस्टमेन्ट कम्पनीको ४.४७ प्रतिशतले सेयर मूल्य बढेको छ ।
यसदिन धेरै कारोबार भएका कम्पनीमा हिमालयन रि इन्स्योरेन्स, नेपाल पुनर्बीमा, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि रहेको छ ।
तपाईको प्रतिक्रिया