logo

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट

    536   पटक पढिएको


५ चैत/अर्थ र व्यापार– क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । इन्स्योरेन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले मंगलबार आइपीओ बाँडफाँट गरेको हो ।
यस कम्पनीले १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री खुलाएकामा १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले हात पारेका छन् । बिक्री प्रबन्धकका अनुसार १९ लाख ५५ हजार ६८५ आवेदकको आवेदन स्वीकृत भएकामा १७ लाख ७१ हजार १सय ८५ जनाको हात खाली भएको छ ।
आइपीओ परेको/नपरेको तुरुन्त थाहा पाउन सीडीएसको आइपीओ रिजल्ट साइट हेर्न सकिन्छ । यस इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर बिक्री गरेको थियो।
सो कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति लिएको थियो ।
गत असारसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.४१ रुपैयाँ थियो । यस वर्ष ७.७४ रुपैयाँ पुग्ने अनुमान गरेको छ । त्यस्तै, गत वर्ष ८८ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण पेस गरेको यस कम्पनीले यसवर्ष २ करोड ६९ लाख रुपैयाँ मुनाफा आर्जन गर्ने अनुमान गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।