logo

अझै रोकिएन सेयर बजार घट्नेक्रम,नेप्से १०.१४ अंकले घटेर २७ सय४ विन्दुमा

    460   पटक पढिएको

४ चैत/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार परिसूचक नेप्से १० दशमलब १४ अंकले घटेर २७ सय ४ दशमलब ७० विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यस दिन सेयर बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन ६ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन ५ अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ८७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४४ वटा कम्पनीको सेयर मुल्य घट्यो भने १२ वटा कम्पनीको सेयर मुल्य स्थिर रहेको छ । यसदिन विशाल बजार कम्पनीको सेयर मूल्य घट्दा व्यापार उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै ३ दशमलब ३८ प्रतिशतले घटेको छ ।
यसैगरी, बैंकिङ उपसमुहको सुन्य दशमलब २१ प्रतिशत, विकास बैंक उपसमुहको सुन्य दशमलब ९२ प्रतिशत, हाइड्रोपावर उपसमुहको सुन्य दशमलब २३ प्रतिशत, जीवन बीमा उपसमुहको सुन्य दशमलब ५१ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको सुन्य दशमलब ०१ प्रतिशत, निर्जीवन बीमा उपसमुहको सुन्य दशमलब ०२ प्रतिशत, अन्य उपसमुहको सुन्य दशमलब ५६ प्रतिशतले घटेको छ ।
महालक्ष्मी विकास बैंकको सेयर मूल्य ५ दशमलब ६ प्रतिशत घट्यो । घलेम्दी हाइड्रोपावरको ४ दशमलब ५ प्रतिशत, विशाल बजारको ३ दशमलब ७ तथा विन नेपाल लघुवित्तको ३ प्रतिशतले घटेको छ ।
यसदिन उत्पादन तथा प्रशोधन उपसमुहको सेयर मुल्य सुन्य दशमलब ४४ प्रतिशत, लगानी उपसमुहको सुन्य १८ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको सुन्य दशमलब १८ प्रतिशत र फाइनान्स उपसमुहको सेयर मुल्य सुन्य दशमलब १२ प्रतिशतले बढेको छ ।
यसैगरी, राप्ती हाइड्रोको सेयर मुल्य ९ दशमलब ८ प्रतिशत , सामुदायिक लघुवित्तको ८ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको ५ दशमलब ३ प्रतिशत, मानुषी लघुवित्तको ४ दशमलब १ तथा इस्टर्न हाइड्रोको ३ दशमलब २ प्रतिशतले मूल्य बढ्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, महालक्ष्मी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर तथा सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।