logo

अझै रोकिएन सेयर बजार घट्नेक्रम,नेप्से १०.१४ अंकले घटेर २७ सय४ विन्दुमा

    764   पटक पढिएको

४ चैत/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार परिसूचक नेप्से १० दशमलब १४ अंकले घटेर २७ सय ४ दशमलब ७० विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यस दिन सेयर बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन ६ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन ५ अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ८७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४४ वटा कम्पनीको सेयर मुल्य घट्यो भने १२ वटा कम्पनीको सेयर मुल्य स्थिर रहेको छ । यसदिन विशाल बजार कम्पनीको सेयर मूल्य घट्दा व्यापार उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै ३ दशमलब ३८ प्रतिशतले घटेको छ ।
यसैगरी, बैंकिङ उपसमुहको सुन्य दशमलब २१ प्रतिशत, विकास बैंक उपसमुहको सुन्य दशमलब ९२ प्रतिशत, हाइड्रोपावर उपसमुहको सुन्य दशमलब २३ प्रतिशत, जीवन बीमा उपसमुहको सुन्य दशमलब ५१ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको सुन्य दशमलब ०१ प्रतिशत, निर्जीवन बीमा उपसमुहको सुन्य दशमलब ०२ प्रतिशत, अन्य उपसमुहको सुन्य दशमलब ५६ प्रतिशतले घटेको छ ।
महालक्ष्मी विकास बैंकको सेयर मूल्य ५ दशमलब ६ प्रतिशत घट्यो । घलेम्दी हाइड्रोपावरको ४ दशमलब ५ प्रतिशत, विशाल बजारको ३ दशमलब ७ तथा विन नेपाल लघुवित्तको ३ प्रतिशतले घटेको छ ।
यसदिन उत्पादन तथा प्रशोधन उपसमुहको सेयर मुल्य सुन्य दशमलब ४४ प्रतिशत, लगानी उपसमुहको सुन्य १८ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको सुन्य दशमलब १८ प्रतिशत र फाइनान्स उपसमुहको सेयर मुल्य सुन्य दशमलब १२ प्रतिशतले बढेको छ ।
यसैगरी, राप्ती हाइड्रोको सेयर मुल्य ९ दशमलब ८ प्रतिशत , सामुदायिक लघुवित्तको ८ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको ५ दशमलब ३ प्रतिशत, मानुषी लघुवित्तको ४ दशमलब १ तथा इस्टर्न हाइड्रोको ३ दशमलब २ प्रतिशतले मूल्य बढ्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, महालक्ष्मी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर तथा सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।